२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

‘सबै भाषा, संस्कृति र साहित्यको सम्मान हुनुपर्छ’

शनिवार , आश्विन ९, २०७८

जनकपुर, असोज । प्रदेश २ का प्रदेश हरिशंकर मिश्रले सबै भाषा, संस्कृति र साहित्यको सम्मानश प्रमुख हुनुपर्ने बताएका छन । बलेँसी साहित्य समाज नेपालले जनकपुरमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।उनले हरेक साहित्यको आआफनै महत्व रहेको भन्दै भाषा, कला, साहित्य, सांस्कृतिक सभ्यता, शिक्षा, पर्यटन र पर्यावरणको उत्थान, विकास, प्रवद्र्धन र संरक्षण, आपसी विश्वास, सद्भाव र भावनात्मक एकतासहित राष्ट्रिय एकताको माध्यमबाट नवजागरण युगको स्थापना गर्ने उद्धेश्य राखेर काम गर्नुपर्ने पनि बताएका छन ।

कार्यक्रमका अवसरमा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले सामाजिक बिकास र समृद्धिका लागि त्यहाँकोभाषा, संस्कृति र साहित्य समृद्ध हुुनुपर्ने बताए । उनले समाजमा अझै पनि विभिन्न खालका विकृति कायम रहेको भन्दै त्यस्ताविरुद्ध साहित्यकारले कलम चलाउनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्णले प्रदेश २ मा बोलिने भाषा, संस्कृति र यहाँका सात्यिको संरक्षण सम्बद्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।कार्यक्रमका अवसरमा बरिष्ठ साहित्यकार रोशन जनकपुरीले जनताको सम्मान हुने किसिमको साहित्य आवश्यक भएको भन्दै साहित्यमा रश ल्याउन समाजमा रश ल्याउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार