२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइनेछ : मुख्यमन्त्री पोखरेल

शुक्रवार , आश्विन ८, २०७८

 दमौली, असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका ३ स्थित कोइरालाथोक तिलाहारे खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले खानेपानीको सुविधाबाट वञ्चित रहेका गाउँ बस्तीमा खानेपानी सुविधा पु¥याइने बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशका ९४ प्रतिशत नागरिकले आधारभूत खानेपानी सुविधा प्राप्त गरिसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले बाँकी रहेका घरधूरीमा पनि चाँडै खानेपानी पुग्ने बताउनुभयो । एक घर : एक धारा अभियान अन्तर्गत सरकारले हरेक जनताको घरधूरीमा खानेपानी सुविधा पुयाउँछ , उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, संविधानसभा सदस्य धु्रव वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना लगायतले सो कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

खानेपानी आयोजनाका लागि प्रदेश सरकारले रु ४४ लाख, म्याग्दे गाउँपालिकाले रु २५ लाख लगानी गरेको छ भने स्थानीयवासीले रु ११ लाखको साझेदारी गरेका छन् ।

डिप बोरिङ प्रणालीबाट १४६ घरधूरीका ८०० उपभोक्ता लाभान्वित भएका छन् । खानेपानी सुविधा नहुँदा पंधेरा र कुवाबाट पानी ल्याउन बाध्य यहाँका स्थानीयवासी घरघरमै पानी आएपछि खुशी भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार