२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

मंगलवार , आश्विन ५, २०७८

काठमाडौँ, असोज। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर झण्डै २०० अङ्कले घटेको नेप्सेमा मङ्गलबार सामान्य सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३।८३ बिन्दुले उकालो लागेर दुई हजार ७१२।०७ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।३६ बिन्दुले उकालो लागेर ५०८।६२ मा पुगेको छ । कूल २२३ कम्पनीको एक करोड ५३ लाख छ हजार ६१ कित्ता शेयर रु सात अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ३७ खर्ब ९५ अर्ब ७६ करोड ८५ लाख ९२ हजार ११४ हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ ।

व्यापार ५०।२५, वित्त १८।४५, उत्पादन १९।०१ र सामूहिक लगानी कोष ०।०१ बिन्दुले ओरालो लागेको छ । त्यस्तै, बैंकिङ ३।७४, होटल तथा पर्यटन ७६।०९, विकास बैंक २७।३७, जलविद्युत् २२।८३, निर्जीवन बीमा ७२।०२, अन्य १३।८१, लघुवित्त १४।४९, जीवन बीमा १९९।६४ र लगानी १।२७ बिन्दुले उकालो लागेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु २५ करोड ४४ लाख १५ हजार २३३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै, नबिल बैंक रु २० करोड ५६ लाख छ हजार ७९४, नेपाल पूर्वाधार बैंक रु २० करोड ४६ लाख ११ हजार ८९९, हिमालयन डिस्टिलरी रु २० करोड १९ लाख ३६ हजार १७१ र अपि पावर कम्पनी रु १८ करोड आठ लाख ४३ हजार ९३५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ९।९९, रुरु जलविद्युत् परियोजना ५।७८, नेपाल पूर्वाधार बैंक ४।६६, लाइफ इन्स्योरेन्स कम्पनी ४।२८, माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ३।९९ प्रतिशतले कमाए । त्यस्तै, सानिमा लार्ज क्याप फण्ड ३।४३, एक्सेल डेभलपमेन्ट बैंक ३।४२, जानकी फाइनान्स ३।२६, माउण्टेन इनर्जी नेपाल २।९४ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकताृले २।९१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार