२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सोल्टीबाट बाहिरिएको आईएचजी पुनः नेपालमा : 'थापाले निर्माण गरेको ४ तारे होटल सम्हाल्ने'

बुधवार , भाद्र २, २०७८

काठमाडौ, भदौ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त हस्पिटालिटी ब्राण्ड इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) पुनः नेपाल प्रवेश गरेको छ । होटल एपीए प्राइभेट लिमिटेडले निर्माण गरिरहेको चार तारे होटल होलिडे इन एक्सप्रेस एन्ड सुइट्स मा व्यवस्थापन हेर्नै भएपछि आईएचजी पुनः नेपाल प्रवेश गरेको हो । यसअघि आईएचजीअन्तर्गतको ब्रान्ड क्राउन प्लाजा ले नेपालको पुरानो पाँचतारे होटल सोल्टीमा व्यवस्थापन सम्हालेको थियो ।

सोल्टीबाट गत वैशाखमा मात्र बाहिरिएको आईएचजीले पुनः नेपालमा आफ्नो उपस्थिती जनाउन लागेको हो । लण्डनबाट विश्वव्यापी रुपमा फैलिएको आईएचजीले सम्हाल्ने होलिडे इन एक्सप्रेस एन्ड सुइट्समा लामो समय जापानमा व्यवसाय गर्दै आएका चिरन्जीवि थापाले निर्माण गरिरहेका छन् ।

ihg-1.jpg

उनि होटल एपीए प्राइभेट लिमिटेडका अध्यक्ष हुन् । थापाको जापानमा रेष्टुरेन्ट व्यवसाय पनि छ । काठमाडौंको रविभवनमा रहेको नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) को हाता भित्र रहेको ८ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको सो होटल सन् २०२२ भित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढिरहेको अध्यक्ष थापाले जानकारी दिए ।

नाथमले यस अघिनै सो ठाउँमा होटल निर्माणको प्रक्रिया अगाडी बढाएको थियो । तर, अलपत्र अवस्थामा रहेको होटलको परियोजनालाई होटल अप्बा प्राइभेट लिमिटेडले अगाडी बढाएको हो । नाथमले गरेको बोलपत्र आह्वानमार्फत अप्बाले होटल सञ्चालनको जिम्मेवारी पाएको हो । जग्गा बाहेक होटलको लागत ७० करोड रुपैयाँ रहेको छ ।

ihg-3.jpg

होटलमा ११० वटा कोठा मध्ये एउटा प्रेसिण्डेटल र १२ वटा सुइट्स रुम रहने छ । होटलमा स्वीमिङ पुलसहित स्पा, स्पोर्टस् सेन्टर रहने छ । योसँगै ५०० जना क्षमताको आउटडोर बैंङ्क्यूट रहन्छ भने होटल भित्र ग्राउण्ड र पहिलो तलामा ३०० : ३०० जना क्षमताको २ वटा बैंङ्क्यूट हल, ग्राउण्ड फ्लोरमा स्पेनीस स्टाइलको रेष्टुराँ रहन्छ ।रुफटपमा युरोपियन स्टाइलको वाइन बार र क्लब रहने छ भने पहिलो तलामै २०० जना क्षमताको रेष्टुराँ रहने छ ।

सो होटलमा नाथमका ट्रेनिहरुले तालिम लिन पाउने छन् । योसँगै पर्यटन मन्त्रालय अन्तर्गतका कार्यक्रमहरु सोही होटलमा हुने गरी सहमति भएको छ । आईएचजी होटेल्स एन्ड रिसोर्टको साउथ वेस्थ एसिया हेर्ने प्रवन्ध निर्देशक सुदीप जैनले आईएचजी नेपालमा आफ्नो उपस्थिती जनाउन एकदम आतुर रहेको जनाएका छन् ।

उनले नेपाल हरेक पर्यटकका लागि आकर्षक गन्तव्य भएकाले आफुहरुले सेवा दिन तयार रहेको बताए आईएचजीले सिक्स सेन्स, इन्टरकन्टिनेन्टल होटेल्स एन्ड रिसोर्ट, क्राउन प्लाजा, होलिडे इन, होलिडे इन रिसोर्ट, होलिडे इन एक्सप्रेस ब्रान्डमार्फत साउथ वेस्थ एसियामा ४१ वटा होटल सञ्चालन गरेको छ ।

आईएचजीले विश्वभर १९ वटा ब्रान्डमा होटल सञ्चालन गरिरहेको छ । एकसय देशमा आईएचजीको ६ हजार होटल सञ्चालनमा छन् भने १८ सय होटल सञ्चालनको तयारीमा रहेका छन् ।

साभार : क्यापिटल नेपाल

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार