२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

महालक्ष्मी - कान्तिपुर अस्पताल  सम्झौता : 'कान्तिपुर अस्पतालमा उपचार गराउँदा छुट' 

बुधवार , भाद्र २, २०७८

 

काठमाडौँ, भदौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पताल प्रा. लि. बीच सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले कान्तिपुर अस्पताल प्रा. लि. मा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।
सम्झौता अनुसार,  बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्जICU÷HCU, , भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिहत छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्र्ज÷क्याबिन, इन्भेस्टिगेशन (-lab, X-ray, USG, ECG, Endoscopy, PFT, TMT, Echo), Procedure Charge (Plaster, Stitching, Dressing) मा १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक श्री हिमालय बिक्रम मल्ल ठकुरीज्यूले र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख श्री विकास रावलज्यूले हस्ताक्षर गर्नु भएको हो ।  
देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म DIGITAL BANKING मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ । 

     
     

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार