२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गण्डकीमा कोरोना संक्रमणबाट थप १०को मृत्यु

सोमवार , श्रावण ३२, २०७८

साउन, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । सोमबार प्रदेशभर थप १० जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०६ पुगेको हो ।प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेमा अधिकांश कास्कीका छन् । निर्देशनालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन समितिका संयोजक नवराज शर्माका अनुसार कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ६ जना, स्याङ्जाका २, तनहुँ र नवलपुरका १ जना छन् । मृत्यु हुनेमा ४० देखि ८१ वर्ष उमेर समूहका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार