काठमाडौं, साउन ।नेपाली बजारमा सुनचाँदीको घट्ने क्रम जारी छ ।
आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा झरेको हो ।
चाँदीको मूल्य समेत आइतबारको मूल्यमा थप २५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २१५ रुपैयाँ कायम भएको छ । आइतबार बजारमा चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।