२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रदेश २ मा माओवादीलाई आन्तरिक मामिला मन्त्रालय : "आजै शपथ"

शनिवार , श्रावण २, २०७८

जनकपुरधाम, साउन । प्रदेश २ सरकारमा नेकपा (माओवादी केन्द्र)ले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाउने भएको छ ।

माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादीको उपेन्द्र यादव समूहले एक मन्त्री र एकजना राज्यमन्त्रीलाई राजीनामा गराएको ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र अर्का राज्यमन्त्री सरोज सिंहले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका छन् ।

ज्ञानेन्द्रको ठाउँमा माओवादीका भरत साह र सरोजको ठाउँमा रुबी कर्णको नियुक्ति पक्का भएको छ । ज्ञानेन्द्रले आन्तरिक मामिला तथा कानून मन्त्रालयको नेतृत्व गर्दै आए पनि पछिल्लो समयमा कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मन्त्रालय फुटाएर आन्तरिक मामिला तथा संचार मन्त्रालय बनाइएको छ ।

राजीनामा दिन गएका मन्त्री यादवलाई मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गर्दै बिदाइ गरेका छन् । माओवादीबाट मन्त्री बनेका साह र राज्यमन्त्री कर्णले आजै दिउँसो ३ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

जसपाभित्रको पूर्वराजपाका मन्त्रीलाई हटाएर पूर्वसमाजवादीले कांग्रेस र माओवादीलाई सरकारमा ल्याएको हो । कांग्रेस यसअघि नै तीन मन्त्रालयसहित सरकारमा सहभागी भइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार