२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य २०० रुपैयाँले घट्यो

सोमवार , आषाढ २८, २०७८

काठमाडौं, असार ।  नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । गत आइतबार अघिल्लो हप्ताको शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार २०० रुपैयाँले घट्न पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला  ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने, चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँ कायम भएको छ । यता तेजाबी सुनको मूल्यसमेत सोमबार प्रतितोला २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार