२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कृषि विकास बैंक :' जारी गर्यो १० लाखसम्मको क्रेडिट कार्ड '

मंगलवार , आषाढ २२, २०७८


काठमाडौ, असार  । कृषि बिकास बैकले यही बैशाख महिनाबाट क्रेडिट कार्डको शुरुवात गरेको छ । हालसम्म यस बैकले ७८ वटा कार्ड जारी गरिसकेको  बैकद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।   
नेपालका सरकारीस्तरका बैकमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ । कार्यालयको काय क्षेत्रभित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिक यस बैकका पूर्व कर्मचारी तथा बैकका कर्मचारीले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस बैककले जारी गरेको क्रेडिट कार्डको सिमा न्यूनतम  २५ हजारदेखि अधिकतम १० लाखसम्म कायम गरिएको छ । 
त्यसैगरी भ्ःख् ऋयmउष्बिलअभ, ऋयलतबअतभिकक एबथmभलत ँभबतगचभक, नेपाल र भारतमा चल्ने, एइक् त्भचmष्लब िमार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने आदि विशेषता रहेका छन् । 
साथै उक्त बैंकले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैंक लि.का शाखा कार्यालयमा सम्पर्क राख्न सम्पूर्ण ग्राहक महानुभावमा अनुरोध गरेको छ ।   
आधुनिक प्रविधिको विकाससंगै बैंकिङ्ग क्षेत्रमा विभिन्न किसिमका वस्तु तथा सेवाको विकास एवम विस्तार भईरहेको छ । यसै क्रममा कृषि विकास बैक लिमिटेडले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पु–याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवा उपलव्ध गराउदै आईरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार