सर्लाही, असार । सर्लाहीमा शनिवार एकैदिन ९९ ब्यक्ति कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भउका छन । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले शनिवार दिउँसो दैनिक बुलेटिन निकालेर ९९ सङ्क्रमणमुक्त भएको जनाएको हो ।
योसँगै जिल्लाभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार २६१ पुगेको कार्यालयले जनाएको छ । यस्तै, शनिवार जिल्लामा ३१ नयाँ सङ्क्रमित थपिएका छन् । अब जिल्लाभर दोस्रो लहरको कोरोना सङ्क्रमणबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ३१६ पुगेको छ ।
यहाँ अहिले ८९६ सक्रिय सङ्क्रमित रहनुभएको छ भने ७९ को मृत्यु भएको छ । असार लागे यता कोरोना सङ्क्रमणका कारण जिल्लामा कसैको पनि मृत्य भएको छैन् ।
पछिल्ला दिनमा कोरोनासँग मिल्ने लक्षण भएका बिरामी कम हुँदै गएसँगै परीक्षण घट्दै गएको छ तर चिकित्सकले परीक्षण गरिएकामध्ये पहिलेको जस्तो अत्यधिक सङ्ख्यामा सङ्क्रमित नभेटिएको जानकारी दिए ।