२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पुल निर्माण हुने भएपछि स्थानीय दङ्ग 

शुक्रवार , आषाढ ४, २०७८

 

लहान, असार । धनगडीमाई नगरपालिकाको उत्तरी भेग चुरे छेउ रहेको सर्रे खोलामा झोलुङगे पुल निर्माण हुने भएपछि स्थानीय दङग् भएका छन् । निर्माण हुन लागेको यो तेस्रो झोलुङगे पुलले उत्तरी भेगका स्थानीयको समृद्धि र विकासमा ठूलो मद्यत पुगेकोमा स्थानीय दङग परेका हुन् ।  
१४ नम्बर वडामा पर्ने हाथीढुङगा, राइराइनी, मडायन लगायतका पहाडी भेगका स्थानीय वर्षा लागेपछि दक्षिणतर्फको आवत जावत बन्द भएर समस्यै समस्या भोग्न बाध्य रहेको स्गानीय जनक परियारले बताउनभयो । 
भन्दै धनगडीमाई नगरपालिकामा स्थानीय सरकार आएपछि तेस्रो झोलुङे पुल निर्माण हुन लाग्दा सिंहदरबार पहाडी विकट गाँउमा आएको खुसी व्यक्त गर्नुभयो ।

चुनावको वेला गरेको वाचा पुरा हुन लाग्दा जनप्रतिनिधि भएकोमा गौरव महसुस भएको वडाध्यक्ष ठगेन्द्र राइले सन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, ‘वर्षाको समयमा रोगी विरामीको उपचारका साथै घरायसी  दैनि उपभोग्य सामग्रीको वर्षामा समस्या  हुने गरेको  थियो,  पुल निर्माणपछि त्यो समस्या अन्त्य हुने भयो । 
विकट ठानिएको उत्तरी भेगमा सडक, खानेपानी, विद्यालय, अस्पताल निर्माण कार्यको साथै पशुपालन गरिरहेका कृषक बजारसम्म दुध तरकारी पुरयाएर आम्दानी गर्न थालेकोमा यस वडाका स्थानीय गाँउमा घुम्दा जनप्रतिनिधिलाई धन्यवाद भनेको सुन्दा मन खुसी हुन्छ ।’

नगरप्रमुख हरिनारायण चौधरीले झोलुङगे पुलको शिलान्यास गर्दै भन्नुभयो, ‘धनगडीमाई नगरपालिका र स्थानीयको एक करोड सात लाखको लगानीमा निर्माण हुन लागेको पुलको लम्बाई ९६ मिटर र चौडाई ५ फिट हुने त्यस झोलुङगे पुल निर्माणले धागडीमाई नगरपालिकाको उत्तरी भेग र दक्षिणी भेगको सन्तुलन हुन र सुन्दर विकसित नगरपालिका निर्माणको लागि आधारशिला तयार भएको छ । 
उत्तरी भेगका स्थानीयको आर्थिक समृद्धिको लागि नगरपालिकाले यातायातको समस्या समाधान गरेको हो । यस क्षेत्रमा पशुपालन र तरकारी खेतीको लागि प्रोत्साहित गर्न नगरपालिकाले योजना बनाइ रहेको छ । ’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार