पर्सा, असार । जिल्ला प्रशासन कार्यालय पर्सा सङ्कट ब्यवस्थापन केन्द्रकोे बैठकले निषेधाज्ञा केही खुकुलो पार्दै १२ बजेसम्म पसल खोल्न दिएको छ । सो बैठकको निर्णयपछि मोटरसाईकल चलाउन तथा बिकास निर्माणलाई निरन्तरता दिने गरि असार ६ सम्म निषेधाज्ञा आदेश थप गरेको छ । तापनि सिमा नाका भने थप कडाई गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी एंव केन्द्रका अध्यक्ष पिताम्बर घिमिरेले कोभिड १९ को चरणमा कोरोनाको उच्च जोखिममा रहेको पर्सामा असार ६ सम्म थपिएको निषेधाज्ञा आदेशमा केही खुकुलो भएको छ । पर्साका सबै सिमा नाकामा भने थप कडाई गर्ने निर्णय भएको जानकारी दिइएको छ । उहाँले खुल्ला सिमाका कारण भारतीय तथा नेपालीको आवगमन अन्यभन्दा पर्सा नाकाबाट बढी हुने गरेकाले आवगमन नियन्त्रण गर्न आवश्यक परे सबै सुरक्षा निकायलाई परिचालन गर्ने जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल गण १३ पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले प्रदेश २ कै सबैभन्दा बढी १०७ किलोमिटर लामो सिमा सुरक्षा गर्न १७ वटा बीओपीबाट गस्ती भईरहेको छ, आवश्यक भए केही बिओपी थपिने गृहकार्य भईरहेको बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डम बिओपीका जवानले प्रभावकारी रुपमा गस्ती गर्दा सिमा नाकामा हुने अवौध ब्यापार आवागमन तथा आपाराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग मिलेको बताउनुभयो ।
सशस्त्र प्रहरी बल बिओपी बीरगन्जका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले मुलुकको प्रमुख नाका बीरगन्जबाट हुने आवगमनमा कडाई गर्दै स्वास्थ्य परीक्षण गरि अत्याआवश्यक काम र सेवाबाहेक अन्य कसैलाई पनि आउजाउ गर्न छुट नदिएको बताउनुभयो ।