काठमाडौं, जेठ। सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।
यस अघि आइतबारमात्रै २ हजार ९८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ । कारोबार खुलेको केही मिनेटमा नै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।
आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको हो । पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।