२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रदेश १ : 'सरकारको नीति तथा कार्यक्रम पारित'

आइतवार , जेठ ३०, २०७८

माेरङ, जेठ । सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नेकपा एमालेको एकल बहुमत रहेको प्रदेशसभामा विपक्षी दल जनता समाजवादी पार्टीसमेतको समर्थनमा सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले किराँतहरुको आस्थाको रुपमा रहेको सप्तकोशी नदीमा रहेको खुवालुङको संरक्षण गरिने बताए  । उनले खुवालुङ ढुंगा मात्र नभएर किराँतको आस्था भएकाले त्यसलाई संरक्षण गर्नुपरेको भन्दै भने ‘त्यो ढुङ्गामात्र थियो भने जलयातायातका लागि फुटाउनै पर्नेथियो तर त्यो ढुङ्गामात्र होइन रहेछ, त्यसैले सरकारले त्यसको संरक्षण गर्ने कुरा ल्याएको हो ।’

उनले संघीय सरकारले पानी जहाज कार्यालयमा बजेट पठाएर खुवालुंगलाई संरक्षण गर्दै नदीको वहावलाई व्यवस्थित गर्न च्यानलाइज गर्ने काम थालेको जानकारी दिए । विपक्षीले तीन वर्षको अवधिमा उल्लेखनीय काम भएन भन्दै सरकारको आलोचना गरेको जवाफमा मुख्यमन्त्री राईले धेरै राम्रा र महत्वपूर्ण काम भएको तर देख्न सक्नुपर्ने बताए ।

उनले आलोचना र विरोध मात्र गर्दा भएका काम नदेखिने टिप्पणी गरे । आगामी वर्षको बजेटमा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिने मुख्यमन्त्री राईले बताए । उनले ब्याण्ड भर्सेस ब्राण्डको अभियानको आलोचना भएको भन्दै प्रतिरक्षा गर्नुभयो । उनले हाम्रा घरेलु उत्पादनहरुको ब्राण्डिग गर्ने काम सुरु गर्न ढिलाइ गर्न नहुने भनाइ राखे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार