बुटवल, जेठ । प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
जेठ २५ गते प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम पेश गर्दा विपक्षी सांसदले बहिष्कार गरे पनि छलफलमा भाग लिएका थिए ।
छलफलका क्रममा विपक्षी दलका सांसदले सरकारको वैधानिकतामाथि नै प्रश्न उठाउँदै नीति तथा कार्यक्रमको आलोचना गरेका थिए ।
आइतबार मुख्यमन्त्री पोखरेलले संसदमा उठेका प्रश्नहरुको जवाफ दिएपछि निर्णयार्थ प्रेश हुँदा बहुमतले नीति तथा कार्यक्रम पारित भएको छ ।
विपक्षी दलका सांसदले नीति तथा कार्यक्रम पारित होस् भन्ने मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मत जाहेर गरेका थिए । जनता समाजवादी पार्टीले विपक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको थियो ।
मत विभाजन नगरिएकाले नीति तथा कार्यक्रमको पक्ष र विपक्षमा कति कति मत खस्यो भन्ने गणना भएन ।