२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपालमा कोरोना : 'देशभर थप ३ हजार ३८४ मा संक्रमण पुष्टि, ६१ को मृत्यु '

शनिवार , जेठ २९, २०७८

काठमाडौं , जेठ । पछिल्लो २४ घण्टामा ६ हजार २९५ कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै देशभर थप ३ हजार ३८४ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

८ हजार ५०६ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ र ५ हजार ९८८ को एन्टिजेन परीक्षण गर्दा १ हजार २ गरी कुल १४ हजार ४९४ नमुना परीक्षणमा ३ हजार ३८४ मा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ६१ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ ।

जसमध्ये ८ हजार ३६६ को मृत्यु भएको छ भने हालसम्म ५ लाख २७ हजार १११ कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ ।

उनीहरुमध्ये ६५ हजार ९५३ होम आइसोलेसनमा रहेका छन् भने ५ हजार ३४८ संस्थागत आइसोलेसनमा रहेका छन् । जसमध्ये १ हजार २०६ को आईसीयू र ३७३ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार