विराटनगर, जेठ । प्रदेश नं १ सभाको आठौं तथा बजेट अधिवेशन सुरु भएको छ । सोमबार अधिवेशन आव्हान सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सभामुख प्रदीपकुमार भण्डारीले संसद बैठक आरम्भ गरेका छन ।
आठौं अधिवेशनको पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताले सम्बोधन गरेका छन ।प्रदेशसभा बैठकलाई प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न सकिने, यथार्थपरक बजेट ल्याउने बताएका छन ।
चालु आर्थिक वर्षको बजेट अनुमान भन्दा फरक परेको, कार्यान्वयन गर्न नसकेको, आन्तरिक ऋण उठाउन असफल भएको र त्यसले प्रदेशको वित्तीय अनुशासन खलबलिएको भन्दै बजेट कार्यान्यवयन हुन नसक्नुको कारण मन्त्रालयका पूर्व अर्थमन्त्री भएको आरोप लगाए ।
प्रदेश नै ड्यामेज हुने अवस्थामा पुगेको दावी गर्दै उनले धेरै मिहेनत गरेर बल्ल ट्रयाकमा फर्काएको, वित्तीय अनुशासनको अवस्था कमजोर रहेको बताए । मुख्यमन्त्री राईले स्रोत अभावका कारण आगामी वर्ष सरकारले नयाँ कार्यक्रम प्रस्ताव नगर्ने भएका कार्यक्रमलाई सम्पन्न हुने गरी बजेट ल्याउने तयारी भइरहेको पनि जानकारी दिए ।