२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

पारिवारिक खुसीको लागि अपनाउन सकिने उपाय

शनिवार , जेठ २२, २०७८

 काठमाडौँ ,जेठ।घर(परिवार त्यो स्थान हो जहाँ तपाईं आफ्नो सबै थकान भुलेर सहज महसुस गर्नुहुन्छ। तपाईं कस्तो ठाउँमा बस्दै हुनुहुन्छ त्यसले कुनै फरक पार्दैन, ।

परिवारको साथ आनन्दका साथ बाँच्नको लागि परिवार एउटा उपयुक्त स्रोत हो । जब तपाईंको घरमा एउटा आमाबाबु र बच्चाहरू हुन्छन् त्यसलाई एउटा परिवार मान्ने गरिन्छ ।

यही परिवारले हामीमा खुसीको सञ्चार भर्छ भने त्यही खुसीमा नै हामीले सबै कुरा फेला पार्न सक्छौं । यति हुँदाहुँदै पनि परिवारमा खुसीको सञ्चार भर्न सकिएन भने त्यसले खुसी भन्दा झमेला निम्त्याउन सक्छ ।

तर कसरी सञ्चार गर्ने त परिवारमा खुसीको ?
आफ्नो परिवारलाई हरेक झण्झटबाट बचाउनु परिवारको मुलीको दायित्व हो। व्यस्तताका कारण तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन पर्याप्त समय नपुगेको हुन सक्छ ।

तर तपाईंले यो याद राख्नुपर्छ कि तपाईंको परिवार तपाईंको जीवनको सबभन्दा महत्त्वपूर्ण अंशहरू हुन्। त्यसकारण तपाईंको कामको साथमा तपाईंको परिवारलाई सुखी राख्नु पनि तपाईंको जिम्मेवारीभित्र पर्छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार