२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्से परिसूचक : '२९ अंकले बढ्याे, बजारमा उल्लास '

बिहिवार , जेठ २०, २०७८

काठमाडौं, जेठ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च अंकले वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २९ अंक भन्दा धेरैले बढेर बजारमा उल्लास देखिएको छ ।

१ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक बढेर २ हजार ८७५ अंकमा पुगेको थियो । जुन हालसम्मकै उच्च अंक हो । यद्यपि कारोबार समय सकिदासम्म नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २ हजार ८५६ दशमलव ६७ अंकमा पुगेको छ ।

गत आइतबार नेप्से परिसूचक २ हजार ८२७ दशमलव ९३ अंकमा पुगेको थियो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार