२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पूर्व–पश्चिम राजमार्ग : ' चार लेन बनाउन १५ अर्ब ३४ करोड'

शनिवार , जेठ १५, २०७८

काठमाडौं, जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ को मा सडक निर्माणको क्षेत्रमा सडक पूर्वाधार विकास, आवागमनमा सहजता, गुणस्तरीय यातायात पूर्वाधार, उचाइयुक्त पुल र प्रमुख शहरहरुबीचको दुरी र समय घटाउने गरि गतियुक्त राजमार्गहरुको निर्माणको काम अगाडि बढाउने कार्यक्रम निरन्तरता दिएको छ ।

पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने, कन्चनपुर–कमला, नारायणगढ–बुटवल क्षेत्र र काँकडभित्ता, पतलैया क्षेत्रको विस्तृत डिजाइन सम्पन्न गर्ने र यस क्षेत्रको सघन बस्तीमा सर्भिस लेन, फ्लाइ ओभर लगायतका कार्यक्रमका लागि आगामी आर्थिक वर्षको बजेटले १५ अर्ब ३४ करोड रुपैंया छुट्याएको छ ।

यसैगरी पुष्पलाल राजमार्गको गुणस्तरीता वृद्धिका साथै राजमार्गको दुरी घटाउन आवश्यक काम अगाडि बढाइने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन । यसका लागि आगामी आर्थिक वर्षको बजेटमा ८ अर्ब १३ करोड रुपैंया छुट्याइएको छ । मदन भण्डारी राजमार्गका लागि ३ अर्ब २० करोड रुपैंया छुट्याइएको छ ।

हुलाकी राजमार्गको भेरी कन्काई क्षेत्रमा सडक निर्माण, सुधार तथा गुणस्तरीयता वृद्धिका साथै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुनःरेखाकन गरि सडक तथा राजमार्गको काम तीव्ररुपमा अगाडि बढाइने र यसका लागि ६ अर्ब ३९ करोड रुपैया विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार