२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आगामी आर्थिक वर्ष : '१ हजार ६२९ मेगावाट बिजुली थप हुने'

शनिवार , जेठ १५, २०७८

काठमाडौं, जेठ । सरकारले आगामी आर्थिक वर्षमा १ हजार ६२९ मेगावाट बिजुली थप हुने अनुमान सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा माथिल्लो तामाकोसीसहित विभिन्न आयोजनाको निर्माण सकाएर राष्ट्रिय प्रसारणमा १६ सय २९ मेगावाट बिजुली थप हुने उल्लेख छ ।

अर्थमन्त्री विष्णु पौडेलले सुख्खासयाममा समेत आन्तरिक माग धान्न सकिने गरी माथिल्लो तामाकोसीबाट २२८, रसुवागढीबाट ११, सान्जेनका दुई आयोजनाबाट ५६, माथिल्लो त्रिशुली थ्रीबीबाट ३७, राहुघाटबाट ४०, मध्यभोटेकोसीबाट १०२ र निजी क्षेत्रका आयोजनाबाट १५५ गरी १ हजार ६२९ मेगावाट थप बिजुली उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

बजेटले विभिन्न नयाँ जलविद्युत आयोजना निर्माण गर्ने घोषणा पनि गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार