२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रियसभा सदस्य निर्वाचन

राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवार विरुद्ध आज उजुरी दिन पाइने

१० बजेदेखि अपरान्ह ४ बजेसम्म

आइतवार , पौष २०, २०७६

काठमाडौ, पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारको बिरोधमा आज उजुरी दिने समय तोकिएको छ ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरुमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उजुरी दिन पाइने समय तोकिएको हो । उनीहरुको उजुरी माथी निर्वाचन कार्यालयहरुले भोली छानविन गरेर निर्णय लिने निर्वाचन तालिका रहेको छ ।

राष्ट्रिय सभा सदस्यको ९ माघमा हुने १८ रिक्त पदका लागि ४५ जनाले उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् । उम्मेदवारहरूले प्रदेश १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गरेका हुन् ।

आगामी २० फागुनमा राष्ट्रिय सभातर्फ सदस्य रहेका १८ जनाको पहिलो २ वर्षको कार्यकाल पूरा हुन लागेकाले निर्वाचन हुन लागेको हो । दुईवर्षे कार्यकाल पूरा गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ सदस्य रहेका छन् ।

अव हुन लागेको निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक २ र अन्य समूहबाट ७ गरी १८ जना सदस्य चुनिनेछन् ।
प्रदेश १ मा ९, प्रदेश २ मा ८, प्रदेश ३ मा ६, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा ९, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार