२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सहमति जुट्ला त ?

नाम र राजधानीका बिषयमा छलफल गर्न प्रदेश ३ को प्रदेशसभा बैठक बस्दै

नेकपाबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर विमति

आइतवार , पौष २०, २०७६

  काठमाडौ, पुस । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दैछ । आर्थिक वर्ष ०७६र७७ को बजेट पारित गर्दै गत भदौ २४ बाट स्थगित बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको हो ।

प्रदेश ३ को प्रदेशसभा सचिवालयले बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र त्यसले एजेन्डाहरू तय गर्ने जनाएको छ ।

प्रदेशसभाको आजबाट सुरु हुने बैठकको मुख्य एजेन्डा प्रदेशको नाम र राजधानी हुने बताइएको छ । प्रदेशसभाको दुई तिहाइ बहुमतबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

तर, प्रदेश ३ प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपाबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर विमति छ । केही दिनअघि बसेको नेकपा सचिवालय बैठकले नाम ‘वाग्मती’ र राजधानी ‘हेटौंडा’ कायम गर्न निर्देशन दिए पनि पार्टी केन्द्रले हस्तक्षेप गरेको भन्दै नेताहरू रुष्ट छन् ।

खासगरी नामभन्दा पनि राजधानीको विषयमा नेकपा सांसदहरूको असहमति छ । आइतबार प्रदेशको नाम वाग्मती र स्थायी राजधानी हेटौंडा राख्न पार्टी सचिवालयले गरेको निर्णय अनुमोदन गराउन नेकपा प्रदेश ३ संसदीय दलको बैठक बसे पनि बिनानिष्कर्ष मंगलबारसम्मका लागि स्थगित भएको छ ।

उता, प्रदेश ३ संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने यसबारे अझै अन्योलमा छ । पार्टी केन्द्रसँगै प्रदेश कमिटीले समेत यसबारे निर्णय गर्न सकेको छैन ।

कांग्रेसको प्रदेश ३ संसदीय समितिका अनुसार यसबारे छलफल गर्न सोमबार बिहान बैठक बोलाइएको छ ।
।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार