२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नाम टुंगो लाग्ला त ?

नेकपा प्रदेश ३ को संसदीय दलको बैठक नाम र राजधानीमा केन्द्रित

हेटौँडा र वागमती कायम गर्न एकजुट हुनुपर्ने

शुक्रवार , पौष १८, २०७६

काठमाडौं, पुस । नाम र राजधानीको विषयमा छलफल गर्न नेकपा प्रदेश नम्बर ३ को संसदीय दलको बैठक शनिबार पनि बस्दैछ ।

बिहान ११ बजे मुख्यमन्त्री निवासमा बस्ने बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा छलफल गर्ने र सर्वसम्मत ढंगले अगाडी बढाउने तयारी भएको नेकपा प्रदेश संसदीय दलले जनाएको छ ।

शुक्रबारकाे बैठकमा मुख्यमन्त्री पौडेलले पार्टीको सचिवालयले गरेको निर्णयअनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम वागमती कायम गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो ।

तर नेकपाका केही सांसदले सचिवालयको निर्णय मान्य नहुने भन्दै राजधानी काभ्रेमा बनाउनुपर्ने बताएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार