काठमाडौँ, पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले केहि बेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको सचिवालय बैठकमा सभामुख चयनको प्रक्रियाबारे छलफल हुने जनाइएको छ ।
सभामुख र उपसभामुख निर्वाचनका विषयमा नेकपाभित्र अन्योल छ । सभामुख उम्मेदवार र उपसभामुख पद खाली गराउनेबारे नेकपा नेताहरूले निर्णय गर्न सकेका छैनन् ।
संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेका कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुख पद खाली छ ।
जसमा नेकपाले स्वाभाविक दाबी रहेको बताइरहेको छ । तर, कसलाई सभामुख बनाउने भन्नेबारे यकिन भएको छैन । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पनि राजीनामा नदिएकाले नेकपाको नेतृत्वलाई सभामुखबारे निर्णय गर्न असहज भएको हो ।