काठमाडौं, पुस । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्री ओलीलाई दुई तिहाइमा धक्का लागेको छ ।
ओली नेतृत्वको सरकारलाई दुई तिहामा धक्का पुगेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनका लागि दिएको आश्वासनमा प्रधानमन्त्रीले गाम्भिर्यता नपुर्याउदाको परिणाम भनि टिप्पणी गर्नुभएको छ ।
समाजवादी पार्टीसमेत सम्मिलित हुँदा दुई तिहाइ सदस्यको समर्थनमा प्रधानमन्त्री रहेका ओलीलाई उक्त पार्टी बाहिरिएसँगै साधारण बहुमतमा समिति बनाएको छ । समाजवादी पार्टी बाहिरिँदा सरकारको वैधानिकतामा प्रश्न नउठे पनि सरकारले चाहँदा संविधान संशोधनलगायत संसदमा दुई तिहाइ बहुमत चाहिने विषयमा बहुमत नपुग्ने भएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत र्पुयाउन सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्नेछ । तर नेकपासँग १ सय ७४ जना मात्रै सांसद छन् । पार्टी एकिकरणपछि समाजवादी पार्टीका १७ जना सांसद रहेका थिए । पहिले १६ जना सांसद रहेको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकतापछि समाजवादी पार्टीमा १७ सांसद पुगेका थिए ।
मंगलबारसम्म सरकारलाई सर्मथन गर्ने सांसदको संख्या १९१ जना रहेकोमा समाजवादीले सरकारलाई दिएको समर्थन भोली फिर्ता लिएपछि ओलीसँग १७४ जना मात्रै सांसद रहने छन् ।
समाजवादी बाहिरिएर राजपालाई भित्राउदा पनि ओलीलाई स्पस्ट बहुमत नपुग्ने देखिएका छ । संविधान संशोधनको माग पुरा नगरेका कारण समाजवादी बाहिरिएपछि कांग्रेस प्रबक्ता शर्माले मेहेन्दीको उहादरण दिदै प्रधानमन्त्री प्रति व्याङ्ग गर्नुभएको छ ।
प्रबक्ता शर्माले संविधान संशोधनको सर्तसहित सहभागी भएको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि टीवट गर्दै प्रवक्ता शर्माले “संविधान संशोधन नभई सरकारमा नजाने, युवाले बगाएको रगतको अपमान नगर्ने, आफैंले खाएको शपथ भुलेर त्यो रगतलाई बहुमतको शिरमा दुईतिहाइको मेहन्दी बनाइदिने एकथरी आज ब्युँझिए भन्दै व्यग्य गर्नुभएको छ ।
उहाँले शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कपाल रहेसम्म मेहन्दी बदलिरहने कि संविधान संशोधनको मुद्दालाई गम्भीरतापूर्वक लिने भन्दै प्रश्नसमेत गर्नुभएको छ । संविधान संशोधन सवैको मुद्धा भएको र यसलाई सम्बोधन गर्न नसक्दा ओली सरकार दुई तिहाइको संकटमा पुगेको शर्माको भनाइ छ ।