२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पौडेल समूह सहभागी होलान् ?

शुक्रवार , पौष ४, २०७६

काठमाडौँ, पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजका लागि बोलाइएको छ ।

यसअघि बुधवार बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षधर नेताहरु उपस्थित नभएपछि कांग्रेसको बैठक आजका लागि सरेको हो ।

कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठक आज(शुक्रवार) दिउँसो एक बजेका लागि बोलाइएको जानकारी दिए ।

कांग्रेसमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने, भ्रातृ संगठन, विभाग लगायतमा नेता पौडल सिटौला पक्षधरको असन्तुष्टि रहँदै आएको छ ।

केही दिनयता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु उपस्थित नहुँदा बैठक निरन्तर सर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार