२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

३० लाख बालबालिकालाई खाेप लगाउन १ लाख स्वयंसेवी खटाउने सरकारकाे तयारी

मंगलवार , पौष १, २०७६

काठमाडौं, पुस । सरकारले दादुरा र रुबेलाविरुद्ध खोप अभियानबारे प्रचारप्रसार थालेको छ । 

सबै प्रदेश सरकार र सम्बन्धित निकाय तथा संघ संस्था र समुदायलाई अभियानबारे जानकारी दिँदै प्रचारप्रसार सुरु गरिएको बाल स्वास्थ्य तथा खोप शाखाका खोप सुपरभाइजर भरत भण्डारीले जानकारी दिनुभयो । 

खोपबाट बञ्चित भएका बालबालिकालाई प्राथमिकता दिँदै ३० लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध पूरक मात्रामा खोप दिन चलाउन लागिएको अभियान आउँदो फागुन र चैतमा दुई चरणमा हुने छ । खोप अभियानका लागि ५० ठाउँमा खोप केन्द्र राख्ने र एक लाख जना स्वंयसेवी खटाउने सरकारको तयारी छ । 

पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई र दोस्रो चरणअन्तर्गत चैतमा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने खोप सुपरभाइजर भरत भण्डारीले जानकारी दिनुभयो । 

अभियान एक महिनासम्म चल्नेछ । दादुरा र रुबेला खोप अभियानका लागि सरकारले ५६ करोड रुपैयाँ खर्च हुने पनि जनाएको छ । सरकारले सन् २०१९ मा नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्य लिएको थियो ।

तर अझै देशका विभिन्न भागमा दादुरा देखिएपछि सरकारले अभियान चलाउन लागेको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार