२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईकाे सपथ आज दिउँसाे १ बजे

सोमवार , मंसिर ३०, २०७६

काठमाडौं, पुस । उपचुनावबाट प्रतिनिधि सभाको सांसद पदको लागि चुनिनु भएकी विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । 

उहाँलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा दिउँसो १ बजे शपथ ग्रहण गराउनुहुने भएको हो । सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले विद्यालाई सपथ ग्रहण गराउन लाग्नुभएको हो । 

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा निधन भएपछि विद्याले कास्की २ बाट उपचुनावमा सांसद पदको लागि उम्मेदवारी दिनुभएको थियो । 

उपचुनावमा भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पराजित गर्नुभएको थियाे । भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको थियाे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार