काठमाडौं, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा आज पनि नेताहरुले दुई प्रतिवेदन माथी सुझाव तथा टिप्पणी राख्ने भएका छन् ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित आ–आफ्नो धारणा राख्ने क्रम हिजोदेखि सुरु भएको हो ।
एक बर्षपछि अस्तीदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा हिजो १२ जना नेताले सुझाव राखेका थिए ।
बैठकमा सवै सदस्यालाई बोल्नका लागि २० मिनेट समय सीमा तय गरिएको र अधिकांशले पार्टी र सरकारप्रति असन्तुष्टी जनाएको नेताहरुले बताएका छन् ।
बैठक आज पनि बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।