२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

आज नेकपा स्थायी कमिटी बैठक बस्दै

शनिवार , मंसिर २८, २०७६

 

काठमाडौँ, मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू स्थायी कमिटी बैठकको तयारीमा रहेकाले सचिवालय बैठक पुनः स्थगित भएको छ । स्थायी कमिटीको बैठक आh बस्दैछ ।


मङ्सिर २३ गते बसेको सचिवालयको बैठकले मङ्सिर २७ गतेका लागि बैठक तय गरेको थियो तर तयारी नपुगेको भन्दै सो बैठक शनिबार दिउँसोका लागि स¥यो । तर, फेरि तयारी नपुगेको भन्दै त्यो बैठकलाई आइतबार बिहान ९ः०० बजेका लागि सारेको छ ।


आज बस्ने स्थायी कमिटी बैठकको एजेन्डाबारे छलफल गर्न सचिवालयको बैठक बोलाएको थियो तर एजेन्डा पूर्णता पाउनमा ढिलाइ भएका कारण बैठक पनि सर्दै गएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनदेखि अन्य नेतासँग सल्लाह लिँदै स्थायी कमिटीमा प्रस्तुत हुने एजेन्डाको दस्तावेजीकरण गर्नमा व्यस्त छन । सचिवालको बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार