२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

देउवा–पौडेल भेट : एक घण्टा, के भयो त कुराकानी

शनिवार , मंसिर २८, २०७६

काठमाडौं ।अाज  बिहान १० बजे उपसभापति विमलेन्द्रलाई लिएर सभापति देउवा पौडेल निवास बोहोराटार पुगे । पछिल्लो समय पार्टीमा बढेको बिबाद मथ्थर  पार्ने प्रयासस्वरुप  काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बिहान नेता रामचन्द्र पौडेलसँग भेट गरेका हुन ।  

बोहोराटार सुत्रका अनुसार,   देउवा र पौडलबीच १ घण्टा छलफल भएको  बताए ।  पौडेल पक्षले बिहीबारको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि शनिबार देउवा सहमति खोज्न पौडेलसँग कुराकानी गर्न पुगेका हुन् । 

पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवा  पक्षको अडानपछि पौडेल पक्ष बैठक बहिस्कार गरेको थियो । यस्तै देउवा पक्षले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ बनाउने प्रस्तावप्रति पनि पौडेल पक्षको विमति रहेको छ । 

पौडेल पक्षको बहिस्कारका बीच देउवा पक्षले केन्द्रीय समिति बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेको थियो । सोही विषयमा सहमति खोज्न तथा पौडेललाई फकाउन देउवाले अग्रसरता लिएको बताइएको छ । 

शनिबारको छलफलमा पौडेलले महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको एजेण्डा बन्नुपर्ने अडान राखेको जनाइएकाे छ ।  देउवाले छलफलको सुरुमा पार्टीको स्थानीय तहका संरचनालाई संघीय संरचना अनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउन सकिने अडान दोहोर्याएका जनाइएकाे छ । 


 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार