काठमाडौं, मंसिर। नेपाली कांग्रेसको संस्थापन इतर समूहले केन्द्रीय समितिको बैठक बहिष्कार गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन र कार्यसम्पादन समिति गठनमा एकलौटी गर्न लागेको आरोप लगाउदै संस्थापन इतरका नेताहरुले बैठक बहिष्कार गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर महामन्त्री डा शशांक कोइराला बैठकमा प्रवेश नै नगरी बाहिरिएका छन्। कोइराला निकट एक नेताले भने,‘सभापती देउवा एक पक्षीय तरिकाले अघि बढेकाले बैठक बहिष्कार जस्तै हो।’
संस्थापन पक्षले बहुमतका आधारमा प्रस्तावित एजेण्डा पारित गर्ने तयारी गरेपछि इतर समुहका नेताहरु बैठकमा अनुपस्थित भएका हुन्।
बैठक दिउसो एक बजेदेखि बोलाइएको थियो।