२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आईपीएल सेटेम्बर १९ देखि गर्ने तयारी

बिहिवार , श्रावण ८, २०७७

 

काठमाडौं, साउन । ईन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी भएको छ  ।

कोरोना भाइरसको महामारीका कारण स्थगित भएको क्रिकेट लिग पुन: सञ्चालनमा आउन लागेको हो ।  यूएईमा हुने तय भएको प्रतियोगिता सेप्टेम्बरको तेस्रो साता सुरु गर्ने तयारी रहेको  बीसीसीआईका अधिकारीलाई उदृत गर्दै दी टाइम्स अफ इन्डियाले लेखेकोछ ।   

आईपीएल सेटेम्बर १९ मा भएर नोभेम्बर आठमा फाईनल खेलाउने तयारी गरिएको हो । केही दिनमा हुने आईपीएलको गभर्निङ काउन्सिलको बैठकले यस मितिलाई पुष्टि गर्नेछ । आईपीएलको गभर्निङ काउन्सिलले आईपीएल युएईमा हुने निर्णय गरेको थियो ।

आईपीएलका फ्रेन्चाईज टिमलाई नयाँ मितिबारे जानकारी दिईएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार