२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

फुटबल क्षेत्रको प्रतिष्ठित अवार्ड 'बालोन डि'ओर' यस वर्ष प्रदान नगरिने

सोमवार , श्रावण ५, २०७७

काठमाडौँ,  साउन। यो वर्ष फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी’ओर प्रदान नगरिने भएको छ ।

फ्रेञ्च फुटबलले सोमबार कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको जनाएको छ ।

कोरोनाबाट प्रभावित हुने राष्ट्रमा फ्रान्स पनि एक हो । कोरोनाकै कारण फ्रेञ्च लिग रद्ध भएको थियो । 

सन् १९५६ पछि पहिलो पटक २०२० मा यस वर्ष बालोन डी’ओर प्रदान नगरिने भएको हो । 

अवार्डको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनै पनि खेलाडीलाई अवार्ड प्रदान गरिने छैन ।

यो अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सबैभन्दा बढी ६ पटक जितेका छन् ।

यस्तै रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार