२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ला–लिगाको उपाधि रियाल मड्रिडलाई

बिहिवार , श्रावण १, २०७७

काठमाडौं, साउन ।  रियाल मड्रिडले ३४ औै पटक स्पेनिस ला–लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा भियारियाललाई २–१ ले पराजित गर्दै रियालले ला लिगामा यो दशकको तेस्रो उपाधि जितेको हो ।

गएरातीको खेलमा रियाललाई विजयी गराउन करिम बेन्जमाले दुई गोल गरे । भियारियालका भिन्सेन्ट इबोराले एक गोल फर्काए ।

यो जितसँगै रियालले सिजनमा एक खेल बाँकी छँदै ला लिगाको उपाधि पक्का गरेको हो । प्रशिक्षकको रुपमा जिनेदिन जिदानको यो दोस्रो लिग उपाधि हो ।

तीन वर्षको रियाल बसाईमा जिदानले टोलीलाई कुल ११ उपाधि दिलाएका छन् । रियालमा सर्वाधिक सफल खेलाडीमध्येका एक जिदानले अब आफुलाई सफल प्रशिक्षकको सूचीमा पनि दर्ता गराएका छन् ।

जिदानले रियाल मड्रिडलाई सरदर १९ खेलमा एक उपाधि दिलाएका छन् । रियाल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रोपटक ला लिगाको उपाधि जित्दा च्याम्पियन्स लिगको उपाधिले भन्दा पनि बढी खुशी दिएको जिदानले बताएका छन् ।

कोरोना भाइरसको महामारीपछि गत जुन महिनामा पुनः सुरु भएको ला लिगामा रियालले लगातार १० खेलमा जित निकालेको छ ।

लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा बार्सिलोनालाई ओसासुनाले २–१ ले पराजित भयो ।

ला लिगामा एक खेल बाँकी हुँदा उपाधि पक्का गरेको रियाल मड्रिडको ८६ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७९ अंक छ । एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार