२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ला–लिगाः रियाल मड्रिड उपाधि नजिक

सोमवार , आषाढ २९, २०७७

  काठमाडौं, असार ।  स्पेनिस लिग फुटबल ला–लिगामा रियाल मड्रिडले ग्रानडालाई २–१ ले हराएको छ । जितसँगै रियाल मड्रिड ला लिगाको उपाधिभन्दा एक जितको दुरीमा पुगेको छ ।

तालिकामा अब दुई अंक मात्रै थपेको खण्डमा रियाल मड्रिडले किर्तीमानी ३४ औं पटक ला लिगाको उपाधि जित्नेछ । लिगमा दुई खेल मात्रै बाँकी रहँदा रियालको ८३ अंक छ ।

दोस्रो स्थानको बार्सिलोना रियालभन्दा ४ अंकले पछि छ । गएरातिको खेलमा रियाल मड्रिडलाई विजयी गराउन फर्लाण्ड मेण्डी र करिम बेन्जमाले एक एक गोल गरे ।

ग्रानडाका डार्वीन माचेसले एक गोल फर्काए । ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा रियाल सोसिडाडले भियारियाललाई २–१ ले हराउँदा गेटाफे र डेपोर्टीभो आलाभेजले गोलरहित बराबरी खेलेका छन् । एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार