२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ला–लिगाः बार्सिलोना विजयी

शनिवार , आषाढ २७, २०७७

काठमाडौं,  असार ।  स्पेनिस लिग फुटबल ला–लिगामा बार्सिलोनाले रियाल मड्रिडमाथिको दबाब कायमै राखेको छ ।

गएरातिको खेलमा रियाल भालाडोलिडलाई १–० ले हराउँदै बार्सिलोनाले तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडसँग एक अंकको दुरी बनाएको हो ।

बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियाल मड्रिडको ८० अंक छ ।

ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले रियाल बेटिसलाई १–० ले हराउँदा ओसासुनाले सेल्टा भिगोमाथि २–१ को जित निकाल्यो । एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार