२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्रीलाई गगनको सुझाव

सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीलाई गगनको यस्तो सुझाव

आफ्नो फेसबुकमार्फत प्रधानमन्त्रीलाई सुझाव

शनिवार , आषाढ २७, २०७७

काठमाडौं,  असार ।  सरकारले निश्चित नियम तोकेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ ।

तर सरकाले भनेअनुसार गाडी चलाउन नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भनिसकेको छ । जसले गर्दा सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेको छैनन् ।  

यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा सुझाव दिएका छन् ।  

नेता थापाले शनिबार आफ्नो फेसबुकमार्फत प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।  

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका सञ्चालक र मजदुर, स्वास्थ्य विज्ञ र सरोकारवालासँग सामूहिक छलफल गरी व्यवसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्न सक्ने, उपभोक्ता मारमा नपर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस् ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार