२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सिन्धुपाल्चोकमा पहिरोको बितण्डा :

देउवाले भने- बाह्रबिसे क्षेत्रमा सरकारले छिटो उद्धार टोली परिचालन गरोस्

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई पनि निर्देशन

बुधवार , आषाढ २४, २०७७

  काठमाडौं, असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।साथै सरकारलाई पनि छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न देउवाले भनेका छन् ।

देउवाले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’

सिन्धुपाल्चोकमा आएको बाढीले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ । दुई जनाको शव भेटिएको छ भने केही बेपत्ता छन् । नदी किनारका घरहरु बाढीले बगाएको छ ।

अरनिको राजमार्गमा पर्ने पक्की पुल र बाटो समेत बाढीले बगाएपछि आवत–जावत अवरुद्ध भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार