२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल कम्युनिस्ट पार्टी

नेकपा स्थायी समिति बैठक आज बस्दै, विवादको निस्केला त समाधान ?

विवादको असर पार्टी र सरकार सञ्चालनमा

मंगलवार , आषाढ २३, २०७७

काठमाडौं, असार । स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । सोमबार बस्ने भनिएको बैठक विवादीत विषयमा सहमति जुट्न नसकेपछि आजसम्मका लागि स्थगित गरिएको हो ।

पछिल्लो समय शीर्ष नेतृत्वबीचको विवादको असर पार्टी र सरकार सञ्चालनमा पनि परेको छ । विवाद समाधानका लगि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’बीच निरन्तर छलफल चलिरहेको छ ।

अध्यक्षद्धयवीच आज पनि स्थायी समिति बैठक अघि छलफल हुने बताइएको छ । यसअघि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको थियो ।

स्थायी समितिका बहुमत सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् भने ओलीले आफुले अहिले कुनै पदबाट पनि राजीनामा नदिने अडान राख्दै आउनुभएको छ ।

प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि दाहालले हिजो वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर आजकोे बैठकलगायतका विषयमा कुरा गर्नुभएको थियो ।दाहाल र नेपाल पक्ष सकेसम्म ओलीलाई प्रधानमन्त्री पदबाटै राजीनामा गराउने भन्नेमा अहिलेसम्म एकमत हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार