२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद् बैठक :

सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

सार्वजनिक यातायात चलाउन दबाब

मंगलवार , आषाढ २३, २०७७

काठमाडौं, असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्न निर्देशन दिएका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)मार्फत यसको गृहकार्य गरी प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् । 

सरकारले स्वास्थ्य मापदण्ड लागू गरेर सार्वजनिक यातायात सञ्चालन गर्न लागेको छ । लकडाउन अझै लम्बिने, तर सार्वजनिक यातायात नचल्दा सर्वसाधारण समस्यामा परेपछि सञ्चालन गर्न लागिएको हो । 

त्यस्तै, ट्याक्सीमा एकजना मात्र यात्रु राख्ने गरी सञ्चालन गर्न दिने तयारीबारे पनि छलफल भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए । सिसिएमसीले यससम्बन्धी विस्तृत योजना बनाएपछि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्नेछ ।

यातायात व्यवसायी तथा ट्याक्सीचालकहरूले सार्वजनिक यातायात चलाउन दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार