२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओली-प्रचण्डबीच भेटघाट

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच भेटर्वार्ता

सत्तारुढ दलभित्र आन्तरिक किचलो

शुक्रवार , आषाढ १९, २०७७

 काठमाडौं, असार ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटर्वार्ता भएको छ ।

पछिल्लो समय सत्तारुढ दलभित्र आन्तरिक किचलो बढेको छ । यसैबीच शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा दुइ अध्यक्षबीच छलफल जारी रहेको छ ।

स्रोतका अनुसार उक्त भेटघाटमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको बुझिएको छ ।

गत असार १० गतेदेखि बसेको नेकपा स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीको आलोचना व्यापक मात्रामा भइरहेको छ । बैठकमै अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले ओलीको राजिनामा समेत मागेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार