२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

बिहिवार , आषाढ १८, २०७७

काठमाडौं, असार  । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार मन्ध्यान्ह आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रिपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्।

शीतलनिवासमा केहीबेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल भएको स्रोतले बतायो।

अहिले प्रधानमन्त्री ओली बालुवाटार फर्किसकेको र मन्त्रिपरिषद बैठक सुरु हुन लागेको एक मन्त्रीले बताए।

पार्टी स्थायी समितिमा राजीनामा मागिएका प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकअघि राष्ट्रपतिलाई भेट्न जानुलाई चासोका रुपमा हेरिएको छ।

यसअघि मंगलबार स्थायी समितिको बैठकअघि र पछि गरेर दुईपटक प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार