२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा विवाद :

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा वार्ता

अध्यक्षबीचको छलफलपछि मात्रै स्थायी समिति

बुधवार , आषाढ १७, २०७७

काठमाडौं, असार । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा वार्ता भइरहेको छ । पार्टीभित्र विवादले उग्र रुप लिएसँगै सहमतिको प्रयासस्वरुप दुई अध्यक्षबीच वार्ता सुरु भएको हो । 

बिहान ११ बजेदेखि स्थायी समिति बैठक बस्ने भनिएपनि दुई अध्यक्षबीच जारी संकट समाधानको पहलस्वरुप छलफल भइरहेको एक नेताले जानकारी दिए । दुई अध्यक्षबीचको छलफलपछि मात्रै स्थायी समिति बैठक बस्नेछ । 

गत आइतबार प्रधानमन्त्रीले भारतले आफू नेतृत्वको सरकार ढाल्न लागेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद बढेको छ । मंगलबारको बैठकमा प्रचण्डले भारतले नभइ आफूले राजीनामा मागेको भन्दै अध्यक्ष र प्रधानमन्त्री पद छाड्न चेतावनी दिएका थिए ।

यस्तै बैठकमा बोल्ने अधिकांश सदस्यले पनि ओलीको राजीनामा मागेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार