२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा स्थायी समिति बैठक

प्रचण्ड र ओली चर्काचर्की : “प्रचण्डले ओलीलाई भने, दुबै पदबाट राजीनामा दिनुस्”

स्थायी समिति नै लाग्यो प्रधानमन्त्री ओलीलाई हटाउन

मंगलवार , आषाढ १६, २०७७

 

काठमाडौ, असार । करिव सात महिनापछि बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बिबाद चुलिएको छ । बैठकको चौथो दिन आज बिषयभन्दा बाहिर गएर भनाभन, बिबाद, चर्काचर्की भएको एक स्थायी समिति सदस्यले डेमोखबरलाई बताए ।
नेकपाका शीर्ष नेताहरूले खुलेर जोडतोडका साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले देश र जनताका हितमा काम गर्न नसकेको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष दुवै पद छाड्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले आफूलाई भारतको सहयोगमा नेपालकै नेताले मिलेर पदबाट हटाउन खोजिएको बताएका थिए । आज यसलाई नै नेकपाकै नेताले ओलीमाथि प्रश्न गरेका हुन ।
एक स्थायी समिति सदस्यले भने, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गरेको बताएको जनाए ।
एक नेता भन्छन, ‘पछिल्लो अभिव्यक्तिपछि उनले पार्टी र सरकारको नेतृत्व गर्ने हैसियत गुमाउनुभयो । अब मार्ग प्रशस्त गर्नुस् भनेर वरिष्ठ नेताहरूले आग्रह गरेको जनाए ।’ अरू स्थायी कमिटी सदस्यको पनि त्यही धारणा राखेको उनले जनाए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, बैठकको सुरुमा पछिल्लो अभिव्यक्तिलाई लिएर अध्यक्ष प्रचण्डले विषय प्रवेश गराएका थिए भने ओलीले जवाफ दिएका थिए । तर प्रचण्ड र ओलीले के –के भने भन्ने बिषय भो खुलाएनन् ।
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको भन्दै बचाउ गरेका थिए । सरकारको कामको फेहरिस्त सुनाएका उनले असन्तुष्टि तथा कुण्ठा पालेका तथा पद नपाएकाले मात्र सरकारको काम नदेखेको बताए

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार