२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेसको पदाधिकारी बैठक

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

महाधिवेशनको मिति पर सार्ने विषयमा निर्णय गर्ने

शनिवार , आषाढ १३, २०७७

  काठमाडौँ, असार ।   नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको वैठकमा महाधिवेशन कार्यतालिका परिवर्तनका विषयमा छलफल हुने वताइएको छ ।

कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरु हुन सकेको छैन । महाधिवेशनका लागि गत चैतबाटै क्रियाशिल सदस्यता वितरण र नविकरण गर्नुपर्ने काम रोकिएको छ ।

आज बस्ने पदाधिकारी बैठकले महाधिवेशनको मिति पर सार्ने विषयमा निर्णय गर्ने वताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार