२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा बैठकको तेस्रो दिन

प्रधानमन्त्री आए, एकैछिनमा बाहिरिए : "बैठकबाट 'सक्ने गर' भनेर छाेडे !"

' भने, बैठकमा पूरै समय आफ्नो उपस्थिति जरुरी नहुने'

शनिवार , आषाढ १३, २०७७

 

काठमाडौं, असार  । नेपाल कम्युिनस्ट पाटीर स्थायी समिती बैठक प्नधानमन्त्री कायार्लय बालुवाटारमा बसेकाे छ ।  प्रधानमन्त्री निवासमा बसिरहेको नेकपा स्थायी कमिटीको बैठकमा  शुक्रबार अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भयो ।

शनिबारको बैठकमा भने  प्रधानमन्त्री अाेली  केहीबेर उपस्थित भए । र, एकैछिनमा बाहिरिए । तेस्रो दिन शनिबार ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक साढे ११ बजेतिर सुरु भएको थियो ।

बैठकमा उपस्थित भएका प्रधानमन्त्री १२ नबज्दै बाहिरिएको स्रोतले बतायो । एक स्थायी समिती सदस्यका अनुसार बैठकमा  अालाेचना हुने भएपछी नबसी 'सक्ने गर' भनेर छाेडेकाे जनाइएकाे छ ।  

अर्का अध्यक्ष प्रचण्डले अध्यक्षता गरिरहेको हुँदा बैठकमा पूरै समय आफ्नो उपस्थिति जरुरी नहुने र प्रधानमन्त्रीको हैसियतले अरु पनि काम भएको प्रधानमन्त्रीले स्पष्टीकरण दिएको बालुवाटार स्रोतले बतायो ।

नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बुधबारदेखि सुरु भएको हो । सुरुको दिन बैठकलाई सम्वोधन गरेका प्रधानमन्त्री ओली शुक्रबारको दोस्रो बैठकमा सहभागी भएनन् ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई लिएर आक्रोश पोख्दै कतिपय नेताहरुले बालुवाटारको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा सार्न मागसमेत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार