२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सर्वोच्च अदालतको आदेश

प्रधानमन्त्रीलाई लिखित जवाफका साथ आफै अदालतमा हाजिर हुन सर्वोच्चको आदेश

लिखित जवाफ पेश गर्नु

बुधवार , आषाढ १०, २०७७

  काठमाडौं, असार । सर्वोच्च अदालतले अदालती अवहेलनासँग सम्बन्धित मुद्दामा जवाफका साथ आफै उपस्थित हुन प्रधानमन्त्री केपी ओलीलाई आदेश दिएको छ ।

कोरोना महामारीका समयमा अदालतले दिएको सात वटा आदेश कार्यान्वयन नगरेको भन्नेसम्बन्धमा परेको मुद्दामा जवाफ दिन आउन प्रधानमन्त्रीलाई सर्वोच्चले आदेश दिएको हो ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाशले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दिएको हो वा होइन भन्ने विषयमा आफैं वा कानूनी प्रतिनिधिमार्फत जवाफ दिन प्रधानमन्त्रीलाई आदेश दिएको हो ।

सरकारले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीलाई यो आदेश दिइएको हो ।

सर्वोच्चले भनेको छ ‘उपरोक्त आदेशमा उल्लिखित विभिन्न ७ (सात) वटा अन्तरिम आदेशको पालना कसरी गरिएको छ, ती आदेश पालना नगर्न कुनै आदेश, निर्णय, निर्देशन दिइएको हो वा होइन ? तत्सम्बन्धमा के कसो भएको हो निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र यस अदालतमा आफै उपस्थित भई वा आफ्नो कानूनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार